‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक, अजयको पर्दामा दमदार अवतार « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक, अजयको पर्दामा दमदार अवतार


741
Shares

एजेन्सी । अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह जस्ता भारतीय स्टार अभिनित फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो फिल्म मस्ती र धमाल जस्ता कमेडी फिल्मका निर्देशक इन्द्र कुमारले लिएर आएका हुन् ।फिल्ममा अजय देवगनको लुक हेर्न लायक मात्र होइन, सिद्धार्थ मल्होत्राको कमेडी पनि रमाइलो रहेको भारतीय संचार माध्यमले जनाएका छन् । अजय र सिद्धार्थ यो फिल्ममा जोडिएपछि भारतीय दर्शकमा उनीहरुले कस्तो फिल्म लिएर आउँदैछन् भन्ने चासो राखेका थिए । तर शुक्रबार निर्माण पक्षले फिल्मको ट्रेलर सेयर गरेपछि दर्शकहरुको कौतुहलताको अन्त्य भएको छ ।

फिल्मको ट्रेलर निकै रोचक देखिन्छ । ट्रेलरसँगै फिल्ममा कमेडीको राम्रो डोज आउने अनुमान छ ।ट्रेलरमा दुर्घटनामा परेका सिद्धार्थ मल्होत्राको चरित्रबाट कथा सुरु भएको छ । दुर्घटनापछि सिद्धार्थको आत्मा मानिसको कर्मको हिसाब गर्ने चित्रगुप्तको दरबारमा पुगेको छ ।

चित्रगुप्तको भूमिकामा अजय देवगन पर्दामा दमदार अवतारमा देखिएका छन् । ट्रेलरलाई सबैले मनपराएका छन् ।