Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


महंगा भए अल्लु, ‘पुष्पा’ २ का लागि यति धेरै पारिश्रमिक


3.2k
Shares

एजेन्सी । फिल्म ‘पुष्पा’को सफलतापछि दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन भारतका चर्चित स्टार बनेका छन् ।

पुष्पाका कारण अल्लु भारतका चर्चित र महंगा कलाकार बनेका छन् । पुष्पाको सफलतापछि उनले पुष्पा २ का लागि काम गर्दैछन् । भारतीय संचार माध्यमका अनुसार अल्लुले पुष्पा २ का लागि १२५ करोड भारतीय रुपैंया पारिश्रमिक लिएका छन् । यति धेरै पारिश्रमिक लिएर अल्लु तेस्रो सर्वाधिक पारिश्रमिक लिने भारतीय अभिनेता बनेका छन् ।

पुष्पा २ को बजेट ४५० करोड रहेको बताइएको छ । यसअघि सलमान खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’का लागि १२५ करोड लिएको खबर आएको थियो ।फिल्म निर्माताले खुशी हुँदै सलमान खानलाई यति ठूलो रकम दिने निर्णय गरेका हुन् । यदि शुल्कको बारेमा बाहिर आएको यो कुरा सत्य हो भने, अल्लु पारिश्रमिकको मामिलामा सलमान खानको बराबरीमा पुगेका छन् । फ्यानहरू सलमान र अल्लुको आगामी फिल्मको प्रतिक्षामा छन् । सलमान खानको ‘किसी का भाइ किसीकी जान’ यसै वर्षको डिसेम्बर ३० मा रिलिज हुँदैछ,अर्कोतर्फ, अल्लुको पुष्पा २ अर्को वर्ष रिलिज हुन सक्ने बताइएको छ । ‘पुष्पा’ यो वर्षको सबैभन्दा धेरै हिट फिल्म हो । ‘पुष्पा २’ को छायांकन सुरु भएको छ । यस पटक पनि अल्लु र रश्मिका मन्दान्ना फिल्ममा छन् ।

यो फिल्मले पहिलो पार्टको पुष्पा जत्तिकै सफलता पाउँछ कि पाउँदैन त्यो हेर्न बाँकी रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।