
एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री यु जो युनले आत्महत्या गरेकी छिन् ।
२७ वर्षीया अभिनेत्रीले आत्महत्या गरेको खबर उनको परिवारले पुष्टी गरेका हुन् । केही कोरियन सिरियलमा अभिनय गरेपछि चर्चामा आएकी यी नायिकाले सुसाइट नोट लेख्दै आफ्ना आमाबुवा, हजुरआमा, र दाजुसँग माफी पनि मागेकी छन् ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अभिनेत्रीले आफ्नो सुसाइड नोटमा लेखेकी छिन्, ‘यसरी संसारलाई बिदाइ गर्दा मलाई दुःख लागेको छ मलाई आफ्नो भन्दा पनि मेरो परिवारको लागि दुःख लागेको छ । म तर, अब म बाँच्न चाहन्न, म बिना तपाईंहरूलाई खाली महसुस हुनेछ, तर तपाईहरूले आफ्नो जीवन साहसपूर्वक बाँच्नु पर्छ ।
म मरिसकेपछि पनि म तपाईहरूलाई हेरिरहने छु मलाई यो पनि थाहा छ मेरो यो कदमले तपाईंहरूलाई चोट पुग्ने छ । तर म कत्ति पनि दुखी छैन । बरु म शान्त छु । मलाई यस विषयमा कुनैपनि पछुतो छैन् । यु जो युनले थप लेखेकी छिन्, ‘मेरो अन्त्येष्टिमा धेरै मानिसहरूलाई आमन्त्रित गर्ने अपेक्षा गर्दछु । किनकि म सबैलाई हेर्न चाहन्छु, म जान्न चाहन्छु मेरो मृत्युले कसलाई कति चोट पुर्याउने छ । साँच्चै भन्ने हो भने अभिनय नै मेरो लागि सबैथोक थियो । तर, अभिनेताको जीवन जिउन सजिलो रहेनछ । जे गर्न मन लाग्यो, त्यो गर्न पाउनु कुनै आशिषभन्दा कम छैन, तर मेरो लागि यो कुरा अभिशाप बनेको छ ।
उनी लेख्छिन्, भगवानले मलाई माया गर्नुहुन्छ, त्यसैले उहाँले मलाई नरकमा पठाउनुहुने छैन। मलाई लाग्छ सबैले मेरो भावना बुझ्नेछन्। त्यसैले मेरो चिन्ता नगर्नुहोला । मेरा सबै प्रियजन र परिवारलाई मेरो माया, मलाई बुझ्नु भएकोमा धन्यवाद । सबै अमूल्य सम्बन्धहरूको लागि धन्यवाद। मलाई जीवनमा सिकाउनु भएकोमा मेरो आमा, बुबा धेरै धेरै धन्यवाद।
तर उनले के कारणले आत्महत्या गरिन भन्ने कुरा स्पष्ट खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्