८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अबदेखि क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट पनि किन्न सकिने


130
Shares

काठमाडौं । क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट खरिद गर्न सकिने भएको छ ।

क्युएफएक्स सिनेमाज र खल्तिबीच टिकट खरिद सम्बन्धी सहकार्य भएको हो । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्स एप र वेव साइट वा खल्ति एपबाट सजिलै टिकट खरिद गर्न सक्ने भएका हुन् ।

खल्ति एपबाट प्रयोगकर्ताले ५० सेकेन्डभित्र सिनेमाको टिकट खरिद गर्न सक्ने सेवा प्रदायकको दावी छ । यस अघि ग्राहकहरुले क्युएफएक्स एप र वेव साइटबाट मात्र टिकट किन्न सक्दथे । दुई संस्थाबीच टिकट खरिदसंगै अन्य व्यवसायिक एवं प्रवद्र्धनात्मक कार्यक्रमका समझदारी भएको छ ।

खल्तिका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र टिम क्वेष्टका महाप्रबन्धक प्रशंसा पाण्डेले सहकार्यले आफुहरु उत्साहित भएको भन्दै यसबाट सिनेमाका ग्राहकहरु समेत लाभान्वित हुने बताउनुभयो ।