Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


सम्पत्ति जफतबारे ज्याकलिनको स्पष्टीकरण : सुकेशसँग फिक्स्ड डिपोजिटको कुनै सम्बन्ध छैन


351
Shares

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ (मुद्रा अपचलन) मुद्दामा नाम आएपछि चर्चामा छिन् ।

ज्याकलिनलाई भारतीय ईडी (प्रर्वतन निर्देशालय) ले दायर गरेको आरोपपत्रमा आरोपीको रूपमा नाम दिएको छ । ईडीले गत अप्रिलमा उनको ७ करोडभन्दा बढीको सम्पत्ति पनि जफत गरेको थियो । यसमा ज्याकलिनले जवाफ दिएकी छन्, उनले आफ्नो फिक्स्ड डिपोजिट (मुद्दती निक्षेप) को सुकेशसँग कुनै सम्बन्ध नरहेको र सुकेश आउनुभन्दा अघिदेखि आफूसँग भएको बताएकी छन् ।

ज्याकलिनले जवाफ दिँदै भनेकी छन्, ‘मुद्दती निक्षेपको कुनै अपराधसँग कुनै सम्बन्ध छैन न त सुकेशसँग सम्बन्धित छ। मसँग लामो समयदेखि यो निक्षेप छ। यो मेरो आफ्नै पैसा हो, जुन मैले कडा परिश्रम गरेर कमाएको हुँ।’

भारतीय सञ्चार माध्यामका अनुसार ईडीले ज्याकलिनलाई मनी लन्ड्रिंग (मुद्रा अपचलन) मुद्दामा आरोपी बनाउने तयारी गरिरहेको छ । यसै क्रममा ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छिन् । यसमा उनले लेखेकी छन्– ‘म सबै राम्रा कुराको हकदार छु । एक दिन सबै ठीक हुनेछ, म बलियो छु। म मेरो लक्ष्य र सपनाहरू प्राप्त गर्नेछु ।’