Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


गायक दिवेशले प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्ने


1.1k
Shares

काठमाडाैं । अमेरिकी आईडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्नुहुने भएकाे छ ।

नेपालको संस्कृति र प्रकृतिलाई विश्व माझ चिनाउन आवश्यक रहेको उहाँले बताउनुभएको हाे । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । नेपालमा हुन लागेको पहिलो सांगितिक यात्राबारे जानकारी दिन बिहिबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि संगीत प्रस्तुत गर्न नेपाल आएको बताउनुभयो ।

नेपालमा शनिबारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उहाँसहितको टोली नेपाल आएको थियो । उहाँले नेपालमा रहेका समर्थकहरुका लागि सांगितिक प्रस्तुति दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताउनुभयो ।

एक महिनाको उहाँको नेपाल बसाईमा नेपालको सांस्कृतिक, सांगितिक र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने बताउनुभयो । उहाँले संगीत युनिभर्सल ल्याङ्ग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो । उहाँले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगितिक टुर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो।


सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आउनुभएका गायक पोखरलले अमेरिका संगीतको हिसाबले राम्रो ठाउँ भएको बताउनुभयो । उहाँ अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल हुनुभएको थियो ।