रौतहटमा बस र अटो ठोक्किँदा तीनको मृत्यु, एक घाइते « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


रौतहटमा बस र अटो ठोक्किँदा तीनको मृत्यु, एक घाइते


260
Shares

रौतहट । रौतहटको चन्द्रपुरमा बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डको लच्का नजिकै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठोक्किँदा अटोमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका–६ सोल्टी निवासी ढक बहादुर लुगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

अटोमा सवार सबिना लुगेली मगर भने घाइते भएको प्रहरीले जनाएको छ । उनको दुबै खुट्टामा चोट लागेकोले उपचार भैरहेको छ ।