७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


पाकिस्तानी गायक खान देखिए मादक पदार्थको नशामा


4.251k
Shares

एजेन्सी । पाकिस्तानी गायक राहत फतेह अली खान एकपटक फेरि चर्चामा छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा उनी नशामा छन् र आफ्ना दिवंगत काका नुसरत फतेह अली खानका प्रबन्धकलाई नुसरत फतेह अली खान भनेर सम्बोधन गरिरहेका छन् । यही भिडियोका कारण राहत ट्रोलको निशानामा परेका छन् ।

ट्वीटरमा शेयर गरिएको भिडियोमा राहत आफ्ना काका नुसरतको म्यानेजरसँग कुरा गरिरहेको देखिन्छन् । त्यसपछि उनले प्रबन्धकलाई अँगालो हाल्छन् र भन्छन्, ‘हामी एक हौं र सधैं एक हुनेछौं । ये मेरी जान है नुसरत फतेह अली खान ।’

गायकले आफ्ना काकाको यसरी खिल्ली उडाएको भन्दै आलोचना गरेका छन् । मानिसहरुले यो भिडियोलाई रिट्वीट गरेका छन् । कतिपयले आक्रोश पोखेका छन् त कसैले चिन्ता व्यक्त गरेका छन् । नुसरत फतेह अली खानको म्यानेजरलाई माया देखाएकोमा गायकको प्रशंसा पनि धेरैले गरिरहेका छन् । तर, अहिलेसम्म यस विषयमा कुनै उनले प्रतिक्रिया दिएका छैनन् ।

गायकले आफ्ना काका उस्ताद नुसरत फतेह अली खानलाई अगस्ट १६ मा उनको २४ औं पुण्यतिथिमा एक पोस्ट साझा गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । पोस्टमा राहतले लेखेका छन्, ‘तपाईंले आफ्नो जीवनमा अनगिन्ती मानिसहरूको मन छुनुभयो र तपाईंको मृत्युपछि पनि तपाईं आफ्नो संगीत र पारिवारिक विरासतमा जीवित हुनुहुन्छ। तपाईलाई सधैं मिस गरिनेछ ।’

नुसरत फतेह अली खान पाकिस्तानका एक लोकप्रिय गायक थिए । उनको हृदयघातका कारण १६ अगस्ट १९९७ मा ४८ वर्षको उमेरमा निधन भएको थियो । कतिपय रिपोर्टले धेरै तौलका कारण उनको मृत्यु भएको दाबी पनि गरेका थिए ।