कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


104
Shares

कैलालीः धनगढी उपमहानगरपालिका–३ चटकपुरमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी चढेका डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका उनको धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।