प्रदर्शन मिति परिर्वतनसँगै फिल्म ‘दुई नम्बरी’ को टिजर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


प्रदर्शन मिति परिर्वतनसँगै फिल्म ‘दुई नम्बरी’ को टिजर सार्वजनिक


2.197k
Shares

काठमाडौं । फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतनसँगै टिजर पनि सार्वजनिक भएको छ ।

कात्तिक ४ गते देखि प्रर्दशन गरिने भनिएको फिल्म ‘दुई नम्बरी’ को प्रदर्शन मिति परिर्वतन भएर असोज २१ गतेको लागि सरेको छ । निर्देशक दीपेन्द्र लामा निर्देशित यो यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।

फिल्ममा दुई साथीको मित्रताको कथालाई प्रस्तुत गरिएको छ । भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ ।

दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ फिल्मका निर्माता रहेका छन् ।