नियमित बजार अनुगमनका कारण म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुँदै « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


नियमित बजार अनुगमनका कारण म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुँदै


871
Shares

तेह्रथुम । तेह्रथुमको सदरमुकाम लगायत बजार केन्द्रहरुमा म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमनले सुधार हुन थालेको हो । विगतमा बजार केन्द्रहरुमा छ्यापछ्प्ती अद्याय वस्तु पाउने गरेका बजारहरुमा पछिल्लो समय कमै मात्रामा मात्रै पाइन थालेको छ ।

अघिल्लो अनुगमनमा पाइएको प्रतिवेदनको आधारमा पछिल्लो समय सुधार हुँदै गएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले बताउनुभयो । लामो समयसम्म अनुगमन नभएका फेन्सी तथा हाडवेयर पसलहरुमा म्याद सकिएका वस्तुहरु भेटिएको उहाँले बताउनुभयाे ।

उद्योगी व्यवसायीहरुले सामान लिंदा म्याद हेरेर लिन सचेत बन्दै जाने हो भने सुधारमा हुने समेत उहाँले बताउनुभयाे । अनुमगनलाई प्रभावकारी बनाउन नियमित बजार अनुगमनलाई निरन्तरता दिंदै उद्योगी व्यवसायीहरुलाई सल्लाह र परामर्श दिन आवश्यक रहेकाे उहाँकाे तर्क छ ।