आजबाट फिल्म ‘म’ प्रदर्शन, साथै ‘चपली हाइट–३’ पुनः प्रदर्शनमा « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


आजबाट फिल्म ‘म’ प्रदर्शन, साथै ‘चपली हाइट–३’ पुनः प्रदर्शनमा


78
Shares

काठमाडौं । नेपाली कथानक फिल्म ‘म’ आज शुक्रबारबाट प्रदर्शन भएको छ भने फिल्म ‘चपली हाइट–३’ पनि पुनः प्रदर्शनमा आएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कलाकारको अभिनय छ ।

प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।

एक आपराधिक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका पात्रहरूलाई सेरोफेरोमा राखेर फिल्म निर्माण गरिएको छ । फिल्मलाई सस्पेन्स थ्रिलर विधामा रहेर बनाइएको छ ।

यससँगै गत पुस ३० गते प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट–३’ कोरोना संक्रमणको त्रासका कारण लकडाउन भएपछि प्रदर्शन भइरहेका बेला रोकिएको थियो ।

सोही फिल्म आजबाट पुनः प्रदर्शनमा आएको छ । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

फिल्मलाई निकेश खड्काले निर्देशित गरेका हुन् भने फिल्मको निर्माता अर्जुन कुमार हुन् ।