Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


बिवादास्पद अभिव्यक्ति दिएपनि महेश हिन्दी फिल्ममा डेब्यू गर्दै


4.6k
Shares

एजेन्सी । ‘बलिउडले मेरो खर्च धान्न सक्दैन’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका दक्षिण भारतीय अभिनेता महेश बाबु अब हिन्दी फिल्ममानै डेब्यु गर्ने तयारीमा लागेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार महेश प्यान इन्डिया फिल्मबाट हिन्दी फिल्म उद्योगमा प्रवेश गर्ने तयारीमा लागेका हुन् । तर, फिल्मको बारेमा अझै धेरै जानकारी भने आएको छैन । महेश निर्देशक एसएस राजामौलीको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेका समाचारमा उल्लेख गरिएको छ ।

महेशको ‘बलिउडले मेरो खर्च धान्न सक्दैन’ भन्ने बयानले केही दिनअघि दक्षिण भारतीय फिल्म सेन्सर बोर्डका सदस्यले आफ्नो ट्विटर मार्फत महेशको प्रोजेक्टलाई ध्यानमा राखेर उनको आगामी फिल्म ‘सरकारू वारी पाटा’ हिन्दी भाषामा प्रदर्शन नगर्ने बताएका थिए ।

केही समयअघि महेशले ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति दिएपछि उनी विवादित बनेका थिए । उनले भनेका थिए, ‘मलाई हिन्दीबाट धेरै अफर आइरहेको छ, तर मलाई लाग्दैन कि उनीहरूले मलाई किन्न सक्छन् । मलाई खर्च गर्न नसक्ने उद्योगमा म मेरो समय बर्बाद गर्न चाहन्न । दक्षिणमा मैले पाएको सम्मान र स्टारडम पर्याप्त छ । त्यसैले मैले आफ्नो उद्योग छोडेर अर्को उद्योगमा जाने कुरा कहिल्यै सोचिन’ ।