चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ


520
Shares

काठमाडौं । लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।

बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो ।

अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ । अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको बुझिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन् ।