यूथ १७ राष्ट्रिय फुटबल टिमका लागि ६० खेलाडी छनौट « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


यूथ १७ राष्ट्रिय फुटबल टिमका लागि ६० खेलाडी छनौट


169
Shares

काठमाडौं । यूथ १७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।

एन्फा कम्प्लेक्समा आयोजना भएको छनोटबाट ६० खेलाडी छानिएका हुन् । एन्फाले साफ यूथ १७ च्याम्पियनसिप र ए.एफ.सी यूथ १७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो ।

छनौटमा परेका खेलाडीहरुलाई आज बिहीबार १ बजे एन्फा कम्प्लेक्समा बोलाईएको छ ।

श्रीलंकामा सेप्टेम्बर ५ बाट आयोजना हुने साफ यूथ १७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

यूथ १७ एसियन कप छनोट भने भियतनाममा यही अक्टोबर १ देखि ९ सम्म चल्नेछ ।