पाकिस्तानको भ्रमण गर्दै इंग्ल्यान्ड क्रिकेट टिम « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


पाकिस्तानको भ्रमण गर्दै इंग्ल्यान्ड क्रिकेट टिम


65
Shares

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमले आगामी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने भएको छ ।

टी–ट्वान्टी विश्वकप अघि ७ टी–ट्वान्टी आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेको हो ।

इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले ७ टी–ट्वान्टी आई सिरिज खेलको तालिका मंगलबार सार्वजनिक गरेको छ ।

२० सेप्टेम्बरदेखि सुरु हुनेछ । दुई अक्टोबरमा सातौं खेल सकिने छ ।

टी–ट्वान्टी विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ ।