महिलाले आइसक्रिम खाँदै गरेको भिडियोले मच्चायो हंगामा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


महिलाले आइसक्रिम खाँदै गरेको भिडियोले मच्चायो हंगामा


10.283k
Shares

एजेन्सी । ईरानमा एक महिलाले केही दिन अघि आइसक्रिम खाइरहेको विज्ञापनलाई लिएर हंगामा मच्चिएको छ ।

महिलाले आइसक्रिम खाएको विज्ञापनलाई सार्वजनिक शिष्टाचार विरूद्ध भएको भन्दै विरोध गरिएको छ । सो विज्ञापनले महिला मूल्यमान्यता’को अपमान गरेको र महिलालाई बस्तुको रूपमा प्रयोग गरेको भन्दै इरानी धर्मगुररूहरूले त्यसको गरेका छन् ।
आइसक्रिमको विज्ञापनमा ती महिलाले हिजाव (बुर्का) लगाएकी छिन् । उनी तस्विरमा आइसक्रिम खाइरहेकी छिन् । त्यस्तो विज्ञापनको ईरानी धर्मगुरूहरूले विरोध गर्दै आइसक्रिम निर्माता कम्पनी डोमिनोलाई कारबाही गर्न इरानी अधिकारीहरुसंग माग गरेका छन् । ईरानी अधिकारीहरूले पनि विज्ञापन “सार्वजनिक शिष्टता विरुद्ध” भएको र “महिलाको मूल्यमान्यता“ को “अपमान” गरेको बताएका छन् ।ईरानी कट्टरपन्थी धर्मगुरुहरूले विरोध गरेपछि अब महिलाहरूलाई यस्तो विज्ञापनमा काम गर्न प्रतिबन्ध लगाइएको छ । सो विज्ञापनले अन्य ईस्लामिक मुलुकमा पनि हंगामा मच्चाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

इरानको संस्कृति मन्त्रालयले देशको ‘हिजाब र चेष्टिटी नियम’ उल्लेख गर्दै महिलालाई यस्ता विज्ञापनमा काम गर्न नदिने घोषणा गरेको छ । इरानी नियम अनुसार विज्ञापनमा महिला, बालबालिका वा पुरूषलाई कुनै पनि वस्तुको रूपमा देखाउन नपाइने घोषणा गरिएको छ ।

सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानमा धार्मिक रूढिवादी कानून लागू भएको थियो । त्यसयता महिलाका लागि हिजाब अनिवार्य बनाइएको थियो । तर, अहिले सामाजिक सञ्जालमा महिलाले हिजाब अनिवार्य लगाउने कुराको विरोध गरिरहेका छन् ।