भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’ « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’


234
Shares

काठमाडौं । फिल्म ‘​प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले ‘​प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको छ ।

यो भारतमा हिन्दी भाषामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म हुनेछ । ‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका थिए ।