
एजेन्सी । यसपटक पनि बलिउड अर्थात भारतीय फिल्ममाथि दक्षिण भारतीय फिल्म हावी भएको छ ।
भारतीय अभिनेता रणवीर कपूर र संजय दत्त अभिनित फिल्म ‘शसशेरा’ लाई किच्चा सुदीपको दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले रिलिज भएको ३ दिनमै पछि पारेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘शसशेरा’ ले कुल ४० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ भने त्यसको एक साता पछि प्रर्दशनमा आएको किच्चा सुदीपको दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले कूल ७५ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।
दक्षिण भारतीय सुपरस्टार किच्चा सुदीपको पहिलो प्यान इन्डिया रिलिज फिल्म विक्रान्त रोनाले बक्स अफिसमा निकै राम्रो कमाई गरिरहेको छ । थ्रीडी ढाँचामा बनेको यो सस्पेन्स थ्रिलर फिल्मले भारतभरका हलमा राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले बलिउड सुपरस्टार रणवीर कपूर अभिनित फिल्म शमशेराको कुल कलेक्सनलाई ३ दिनमै पछाडि पारेको छ । फिल्म विक्रान्त रोनाले दमदार ओपनिङ गर्दै पहिलो दिनमै २६ करोडभन्दा बढीको कमाई गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्