चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

'सरकारले आधिकारिक घोषणा भने आज मात्र गर्दै'

2.691k
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन के.सी. नियुक्त हुनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने आज मंगलबार मात्र गर्दैछ ।

उहाँ आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त हुनुभएको हो ।

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बोर्ड अध्यक्षका लागि के.सी.सहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीले निवेदन दिएका थिए ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका के.सी. पछिल्लो समय चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ । के.सी. गत वैशाखमा मात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो ।