
काठमाडौं । तीजको गीत ‘शिरैमा सिरफुल’ को छाँयांकन सम्पन्न भएको छ ।
च्छोरोप्ला मिडिया प्रालिका प्रबन्ध निर्देशक जानकी बज्राचार्यको शब्द रहेको उक्त गीतमा चर्चित लोक गायिका राधिका हमालले स्वर दिनु भएको छ । ५ मिनेट लामो तीज गीतमा गायक पुरुषोतम न्यौपानेले सङ्गीत दिनु भएको छ ।
राम केसीको छायांकन रहेको म्युजिक भिडियोलाई अनिल राईले निर्देशन गर्नुभएको छ । उक्त म्युजिक भिडियोमा राज थपलिया ,प्रकाश थपलिया , सरिना बिक र गीतकार जानकी बज्राचार्य लगायतको अभिनय रहेको छ ।
गीतलाई आउदो साता भित्र प्रसारण गरिने च्छोरोल्पा मिडिया प्रालिका प्रबन्ध निर्देशक बज्राचार्यले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्