लुम्बिनीमा मन्त्रिमण्डल पुनर्गठनको तयारी « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


लुम्बिनीमा मन्त्रिमण्डल पुनर्गठनको तयारी


572
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् ।

कांग्रेस र माओवादीबीच सुरूमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका हुन् ।

कांग्रेसले हालका मन्त्रीहरू हटाएर नयाँ अनुहार ल्याउने विषयमा छलफल हुँदै आईरहेको छ ।

कांग्रेसले यहि हप्ताभित्र नयाँ मन्त्रिमण्डल गठन गर्ने पार्टी नेतृत्वले आन्तरिक तयारी गरेको बताईएको छ ।

माओवादीभित्र पनि मुख्यमन्त्री बाहेक अन्य मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल भएको छ ।