फिल्म ‘द ग्रे म्यान’ आजबाट विश्वव्यापी प्रर्दशन « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


फिल्म ‘द ग्रे म्यान’ आजबाट विश्वव्यापी प्रर्दशन


364
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषको पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ आज शुक्रबारबाट विश्वव्यापी प्रर्दशन हुने भएको छ ।

फिल्मको विशेष प्रिमियर बिहीबार साँझ मुम्बईमा भएको थियो । बिहीबार साँझ बलिउड अभिनेता विक्की कौशल, रणदीप हुड्डालगायतका कलाकार फिल्मको प्रिमियरमा पुगेका थिए । आफ्नो फिल्मको प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिएका थिए ।

उनले सेतो शर्ट र परम्परागत धोती लगाएका थिए । यससँगै उनी कालो चप्पल लगाएर प्रिमियरमा पुगेका थिए । धनुषको यो लुक र स्टाइलले फ्यानमाझ निकै प्रशंसा पाएको छ । फ्यानहरूले उनको खुब तारिफ गरिरहेका थिए ।

धनुषले नेटफ्लिक्स फिल्म ‘द ग्रे म्यान’ बाट हलिउडमा डेब्यु गरेका हुन् । धनुष आफ्नो हलिउड डेब्युलाई लिएर चर्चामा छन् ।

उनले चर्चित निर्देशक जोडी एन्थोनी र जो रुसोलाई प्रिमियरका लागि भारत ल्याएका थिए ।