Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


प्रथम भेला भएकाे सात वर्षपछि शुभेच्छुक संस्थाको मान्यता


130
Shares

काठमाडौं । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाएको छ ।

२०७२ सालमा संस्था स्थापना भए पनि व्यवसायीबीचको खिचातानीले शुभेच्छुक संस्थाको मान्यता पाउन नसकेको संघले सात वर्षपछि मान्यता पाएको हो । कुमार अधिकारी अध्यक्ष रहेको संघको अहिले देशका सातै प्रदेशमा शाखा छन् ।

अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रको समस्यालाई समाधान गर्दै यस क्षेत्रको समग्र विकासका लागि योगदान गर्ने उदेश्यले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीले पर्यटन व्यवसायीलाई ठूलो हौसला दिएको भन्दै उहाँले उहाँले पर्यटन क्षेत्रको विकासका साथै संगठनलाई सशक्त बनाउने बताउनुभयो ।

सात वर्षअघि वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, पर्यटन विभाग प्रमुख किशोर सिंह राठौरलगायतका कांग्रेसका नेताको उपस्थितिमा संघको प्रथम भेला सम्पन्न भएको थियो ।