Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


बलिउड अभिनेत्री सुस्मिता सेनकाे प्रेम सम्बन्ध फेरी चर्चामा


5.6k
Shares

काठमाडौं । सन् १९९४ कि मिस युनिभर्स विजेता तथा बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले फेरी चर्चा पाएको छ।

अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्वअध्यक्ष ललित मोदी प्रेम सम्बन्धमा रहेका छन् । ललितले बिहीबार आफ्नो ट्वीटरमार्फत सुस्मितासँग थुप्रै तस्बिरहरू सार्वजनिक गर्दै साेही विषयमा जानकारी गराएका हुन्।

पूर्वअध्यक्ष ललितले ती तस्बिरहरूमा सुस्मितालाई बेटर हाफ भन्दै नयाँ सुरुवात भनेर समेत लेखेका छन्। ललित मोदीको यसअघि मिनल सगरानीसँग सन् १९९१ मा विवाह भएको थियो। ललितका एक जना छोरा रूचिर र छोरी आलिया रहेका छन्। ललितकी श्रीमती मिनलको सन् २०१८ मा क्यान्सरका कारण मृत्यु भएको थियो।

बलिउड अभिनेत्री सुस्मिताको भने आफ्नो तीन वर्ष भन्दा पुरानो रोहमन शालसँगकाे प्रेम सम्बन्धलाई गत वर्ष मात्रै ब्रेकअप गरेकी थिइन्। उनले रोहमन शालसँगको आफ्नो प्रेम सम्बन्ध अन्त्य भएको विषय भने इन्स्टाग्राम मार्फत जानकारी गराएकी थिइन्।