Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त


7.6k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त हुनुभएको छ ।

मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उहाँ पदमुक्त हुनुभएको हो ।

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको घोषणा गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए ।