तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते


650
Shares

काठमाडौं । तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा गोर्खाको गोर्खा नगरपालिका ५ पश्चिमकालीमा चालकको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।

बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टिँदा गोर्खा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ वर्षीय प्रदिप थापाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोर्खा–७ सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ वर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था भने मध्यम रहेको छ ।