८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आइसल्यान्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो, मेसी पेनाल्टीमा चुके


0
Shares

काठमाडौं, असार २ । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत् शनिबार सम्पन्न समूह ‘डी’को पहिलो खेलमा अर्जेन्टिना पहिलोपटक विश्वकप खेलिरहेको आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

दुईपटकको विश्वकप विजेता अर्जेन्टिनाले खेलको १९औं मिनेटमा सर्जियो अग्युरोको गोलमार्फत् अग्रता लिएको थियो ।

तर, २३औं मिनेटमा आइसल्यान्डका लागि अल्फ्रेड फिनबोग्सनले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

खेलको ६४औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी हान्ने अवसर पायो । तर, कप्तान लियोनल मेसीले गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको ‘डेब्यु’ टिमसँग अंक बाँड्न बाध्य बनेको हो ।

मेसीको पेनाल्टी प्रहारलाई आइसल्यान्डका गोलरक्षक हालडोर्सनले रोकेका थिए ।