नेपाल टी–२० लिगलाई आईसीसीको स्वीकृति « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


नेपाल टी–२० लिगलाई आईसीसीको स्वीकृति


702
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको आधिकारिक नेपाल टी–२० लिगलाई स्वीकृति दिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति निकाल्दै विश्वको शीर्ष टी–२० लिगमा नेपालको लिग पनि समावेश हुने बाटो खुलेको जनाएको छ ।

क्यानको आयोजनामा हुने लिगको पहिलो सिजन असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने छ । क्यानले यो लिगलाई आफ्नो ड्रिम प्रोजेक्ट भनेको छ ।

क्यानले नेपाल टी–२० लिगको सबै अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ ।