भन्सालीको ‘हिरामण्डी’मा मनिषा कोइराला पक्का, मुमताजकाे पनि चर्चा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


भन्सालीको ‘हिरामण्डी’मा मनिषा कोइराला पक्का, मुमताजकाे पनि चर्चा


858
Shares

एजेन्सी । चर्चित बलिउड निर्देशक संजय लीला भन्सालीले आफ्नो नयाँ वेब सिरिज ‘हिरामण्डी’मा नेपाली अभिनेत्री मनिषा कोइरालालाई लिने भएका छन् ।

नेटफ्लिक्समा सार्वजनिक हुने उक्त वेब सिरिजमा कोइरालाको साथमा मुमताज पनि देखिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

औपचारिक कलाकारहरूको घोषणा नभए पनि मनिषालाई लिएर भन्सालीले सिरिजको मुहूर्त गरिसकेका छन् । मनिषा कोइरालाले संजय लीला भन्सालीसँग मुमताजको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर यसको पुष्टि गरेकी छन् ।

उनले तस्वीरसँगै लेखेकी छन्, ‘लेजेन्ड्सहरूसँग, मलाई यस्ता रचनात्मक मानिसहरूसँग रहन राम्रो लाग्छ, मेरो अनुहारको मुस्कानले बताइरहेको छ ।’

कोइरालाले तस्वीर सार्वजनिक गरेपछि मुमताज पनि वेब सिरिजमा भएको धेरैको अनुमान छ । उनीहरूका प्रसंशक यी दुई अभिनेत्रीलाई एउटै सिरिजमा हेर्न उत्साहित छन् ।