Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


यौन हिंसाका अपराधीलाई जोगाउने ढंगले कानूनको व्याख्या हुन्छ : प्रेम सुवाल


65
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यौनहिंसाका अपराधीलाई जोगाउने ढंगले कानूनको व्याख्या हुने गरेको टिप्पणी गर्नुभएको छ ।

सांसद सुवालले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकिएको दृष्टान्त पेश गर्दै यौन हिंसाका अपराधीलाई जोगाउने गरी कानूनको व्याख्या हुने गरेको बताउनु भएको हो ।

सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथिको छलफलमा भाग लिँदै उहाँले विद्यमान कानुनमा पनि यौन हिंसाका घटनामा संलग्नहरुलाई कारबाही गर्ने व्यवस्था भएपनि त्यसलाई कार्यान्वयन गर्न सरकारको नसकेको पटकपटक दोहो¥याउनुभयो ।

सांसद सुवालले यौन हिंसा हुन नदिनका लागि नागरिकलाई शिक्षित बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभयो ।

सांसद सुवालले यौनहिंसा हुन नदिन नागरिकलाई आर्थिक रुपले पनि सवल बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।