फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर रिलिज « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर रिलिज


754
Shares

एजेन्सी । फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर रिलिज सार्वजनिक भएको छ ।

चेन्नईमा एक भव्य कार्यक्रममा ‘पोन्नियिन सेल्भान १’ को टिजर सर्वजनिक गरिएको हो ।

यो फिल्मबाट बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेकी छिन् ।

टिजरमा ऐश्वर्या रानीको अवतारमा देखिएकी छिन् भने विक्रम राजकुमार आदित्य करिकालनको भूमिकामा देखिनेछन् । यो फिल्मको कथा ‘कल्कि’ को पुस्तकमा आधारित छ ।

मणिरत्नमले निर्देशन गरेको यो फिल्म सेप्टेम्बर ३० मा रिलिज हुनेछ । फिल्म हिन्दीका साथै तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा पनि रिलिज हुनेछ ।