अनुप बरालद्वारा निर्देशित चलचित्र ‘दोख’ आजबाट देशभर प्रदर्शनमा « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


अनुप बरालद्वारा निर्देशित चलचित्र ‘दोख’ आजबाट देशभर प्रदर्शनमा


104
Shares

काठमाडौं । नेपाली चलचित्र ‘दोख’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ ।

चलचित्रमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ ।

चलचित्र निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले गरेका छन् । चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ ।

चलचित्रको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन् ।