आज विवाह गर्दै अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


आज विवाह गर्दै अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी


715
Shares

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी आज शुक्रबार विवाह बन्धनमा बाँधिदै छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा विवाह गर्न लागेका हुन् ।

उनीहरूले विवाहमा नजिकका आफन्त र परिवारलाई मात्र बोलाएका छन् । चार वर्षअघिको लामो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्न लागेका हुन् ।

यो जोडीले शुक्रबार विवाह सकेर आइतबारका लागि रिसेप्सन पार्टी आयोजना गरेका छन् ।

यस जोडीले नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारी गरेका छन् । उक्त फिल्मको छायांकन बिहेपछि हुने बुझिएको छ ।