१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


दयाहाङ र विपिनका दुई चलचित्र एकै दिन आउँदै, आफ्नैसँग प्रतिस्पर्धा


1.183k
Shares

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको दुई चलचित्र एकै दिन प्रदर्शनमा आउने भएका छन् ।

दशैं, तिहार, नयाँवर्ष जस्ता विशेष समय पारेर चलचित्र निर्मातारू आफ्नो चलचित्रलाई प्रदर्शन गर्ने गर्दछन् । यस्तै तिहारको समय पारेर ४ चलचित्रहरू एकैदिन प्रदर्शनमा आउने भएका छन् । जसमध्ये अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको दुई चलचित्र परेका छन् । दया र विपिनले आफ्नै चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

तिहारलाइ लक्षित गर्दै कात्तिक ४ गते शुक्रबारका दिनलाई ३ वटा चलचित्रले ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ ले प्रदर्शन मिति तोकिसकेको थियो । अब सेही दिनलाई पारेर निर्देशक दीपेन्द्र के. खनालले आफ्नोे चलचित्र ‘के घर के डेरा’ पनि प्रदर्शनमा ल्याउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्देशक खनालले आफ्नो चलचित्र ‘के घर के डेरा’ को प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्र ‘के घर के डेरा’ले गत साता मात्रै आफ्नो छायांकन सकेको हो । यो चलचित्रलाई कात्तिक ४ गते प्रदर्शन गर्दा अभिनेताद्वय दया र विपिन संकटमा देखिन्छन् । चलचित्र ‘के घर के डेरा’ मा दुबै अभिनेताको मुख्य भूमिका रहेको छ भने सोही दिन प्रदर्शन हुने चलचित्र ‘दुई नम्बरी’ मा दयाहाङ र ‘प्रसाद २’ मा विपिनको मुख्य भूमिका रहेको छ । चलचित्र ‘दुई नम्बरी’ र ‘प्रसाद २’ ले यदि आफ्नो प्रदर्शन मिति फेरबदल गरे भने अभिनेताद्वयलाई सहज हुने देखिन्छ । तर, प्रदर्शन मितिमा केही फेरबदल नआए दुबैको आफ्नै चलचित्रसँग प्रतिस्पर्धा हुने छ ।

चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा र लक्ष्मी गिरीको मुख्य भूमिका रहेको छ ।