फिल्म ‘काली’को पोस्टर विवादमा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


           फिल्म ‘काली’को पोस्टर विवादमा


1.287k
Shares

एजेन्सी ।    भारतीय डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टरलाई लिएर विवाद बढ्दै गएको छ ।

फिल्म काली अहिले नयाँ समस्यामा फसेको देखिएको छ ।निर्देशक  लीना मणिमेकद्वारा निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा कालीले चुरोट तानिरहेको देखाइएपछि  विवाद सिर्जना भएको हो । फिल्म ‘काली’को पोस्टरमा  कालीले एक हातमा  समलैंगिक  समुदायको सप्तरंगी झण्डा   बोकेको पनि देखाइएको छ । झण्डा र चुरोटबीच विवाद बढ्दै गएपछि यो मामिला    भारतीय  प्रहरी समक्ष पुगेको छ ।

फिल्म निर्माता तथा निर्देशक लीनाले जुलाई २ मा आफ्नो डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टर सेयर गरेकी थिइन् । त्यसपछि पोस्टर विवादमा आएको हो ।

प्रहरीको आईएफएसओ युनिटले  फिल्मको विवादित पोस्टरको विषयमा फिल्म निर्देशक लीनालाई यसविरुद्ध धर्म र जाति समुदायको भावनामाथि आघात पुर्‍याएको आरोपमा मुद्दा दर्ता गराएको छ ।निर्देशक लीनलाई बोलाएर आवश्यक सोधपुछ गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘फिल्म एक यस्तो घटनामा आधारित छ, मुख्य पात्र घुम्दै जाँदा काली प्रकट हुन्छिन् र टोरन्टोको सडकमा घुमिरहेकी हुन्छिन् । यो कथालाई आपत्ति मान्नुपर्ने केही छ जस्तो लाग्दैन ।’ निर्देशकले फिल्मको पोस्टर विवादमा गएपछि यसो भनेकी छिन् ।