पहिलो पटक पूजासँग अनमोलको जोडी « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


पहिलो पटक पूजासँग अनमोलको जोडी


3.588k
Shares

काठमाडौं । नायिका पूजा शर्मा र नायक अनमोल केसी पहिलो पटक जोडी भएर काम गर्दै छन् । पूजाले आफ्नो होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको पहिलो फिल्ममा अनमोल अनुबन्धित गरेकी हुन् ।

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता अनमोल र पूजाको अभिनय रहने भएको छ ।

निर्देशक सुदर्शन थापासँग अभिनेता अनमोलले पहिलो पटक काम गर्ने भएका छन् । शुक्रबार अभिनेता केसीले सुदर्शनको निर्देशन र अभिनेत्री पूजा शर्माको निर्माण रहने एक अनटाइटल प्रोजेक्ट साइन गरेका हुन् । यसअघि सुदर्शनले ‘प्रेमगीत’ लगायतका केही फिल्मबाट अफर गरे पनि उनले काम गर्न अस्वीकार गरेका थिए । तर, अब निर्देशक थापासँग उनले सहकार्य गर्ने भएका छन् ।

फिल्मको छायांकन कात्तिकपछि मात्र सुरू हुनेछ । यो फिल्मभन्दा अगाडि निर्देशक थापाले आफ्नो पाइपलाइनमा रहेको फिल्म ‘प्रसाद २’ को छायांकन र प्रदर्शन सकाउनेछन् । यो बीचमा अनमोलले पनि हालसालै ५५ लाख पारिश्रमिक बुझेर साइन गरेको फिल्म ‘छड्के २’ को छायांकन सकाउनेछन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ देखि अभिनेत्री शर्माले निर्देशक थापासँग मिलेर फिल्म निर्माण गर्दै आएकी थिइन् । तर, यसपटक अनमोलसँगको फिल्म पूजाको होम प्रोडक्सनमा निर्माण हुनेछ । यो फिल्मलाई पूजाले आफ्नो ड्रिम प्रोजेक्ट बताउने गरेकी छन् । फिल्मको कथा भने निर्देशक आफैंले लेखेका छन् ।