चार वर्षपछि बन्ने भयो ‘प्रसाद’ को सिक्वेल « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


चार वर्षपछि बन्ने भयो ‘प्रसाद’ को सिक्वेल


221
Shares

काठमाडौं । वि.सं. २०७५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को सिक्वेलको रूपमा ‘प्रसाद–२’ निर्माण हुने भएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा गरिएको हो ।

विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहने फिल्मको सुटिङ यसै साताबाट सुरू गरिनेछ ।

‘प्रसाद’ को सिक्वेलको रूपमा बन्न लागेको फिल्ममा विपिन, नम्रता र अर्पण थापाको अलवा राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायतको अभिनय रहनेछ ।

यस फिल्मको निर्माता केशव पाण्डे हुन् । पाण्डेलाई सुभाष थापाले निर्माणमा साथ दिनेछन् । सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्मको कथामा सुशील पौडेलको लेखन हुनेछ । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए ।

पहिलो फिल्म ‘प्रसाद’ ले राम्रो व्यापार गरेपछि सोही टोलीले ‘प्रसाद २’ को निर्माण गर्ने भएको हो । ‘प्रसाद’ मा मुख्य भूमिका निर्वाह गरेका अभिनेता निश्चल बस्नेत बाहिरिँदा अभिनेता अर्पण थापाले प्रवेश पाएका छन् ।