वामदेव गौतमले घोषणा गरे नयाँ दल, ७५ सदस्यीय केन्द्रीय कमिटी « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


वामदेव गौतमले घोषणा गरे नयाँ दल, ७५ सदस्यीय केन्द्रीय कमिटी


5.564k
Shares

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गर्नुभएको छ ।

गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गनुभएको हो ।

गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ ।

पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने छन् ।

७५ जनाकाे केन्द्रीय कमिटी हुने पार्टीमा १५ जनाको स्थायी कमिटी रहनेछ ।