हेटौंडा–भीमफेदी सडकको सिस्नेरीमा पुनः यातायात सञ्चालन « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


हेटौंडा–भीमफेदी सडकको सिस्नेरीमा पुनः यातायात सञ्चालन


312
Shares

काठमाडौं । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा शुक्रबार (आज)देखि पुनः यातायात सञ्चालनमा आएको छ ।

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त खण्डमा वर्षासँगै पहिरो खस्दा बेलाबेला अवरुद्ध हुँदै आएको छ ।