
एजेन्सी । दक्षिण भारतीय फिल्म बाहुबलीबाट संसारभर चर्चित बनेका अभिनेता प्रभासले रातारात आफ्नो पारिश्रमिक बढाएर फिल्म निर्माताहरूको चिन्ता बढाएका छन् ।
प्रभासद्वारा अभिनित फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । दर्शकहरू लामो समयदेखि फिल्म ‘आदिपुरुष’ को प्रतिक्षमा छन् । फिल्म ‘आदिपुरुष’ मा प्रभास, सेफ अली खान र कृति सेनन्को मुख्य भूमिका रहेको छ । निर्देशक ओम राउतले निर्देशन गरेको फिल्मलाई ४ सय करोड भारतीय रुपैयाँ भन्दा बढी बजेटमा निर्माण गरिएको छ ।निर्माण पक्षले फिल्मलाई भारतमा पनि रिलिज गर्ने योजना बनाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रभासले कथित रुपमा फिल्म ‘आदिपुरुष’का निर्माताहरूलाई आफ्नो पारिश्रमिक बढाइदिन आग्रह गरेका छन् । यसअघि उनको उक्त फिल्ममा ९० देखि १ सय करोड भारतीय रुपैयाँ पारिश्रमिक रहेको थियो । उनले आफ्नो पारिश्रमिक बढाएर १ सय २० करोड भारतीय रुपैयाँ पुर्याउन माग गरेका छन् । प्रभासको यस्तो मागलेनिर्माताहरूलाई चिन्तामा पारेको छ । प्रभासको माग पूरा गर्दा फिल्मको बजेटमा झण्डै २५ प्रतिशतले बृद्धि हुन्छ । फिल्मका केही भागहरू सुटिङ हुन बाँकी नै छ ।
लगातार बक्स अफिसमा २ वटा फ्लप फिल्म दिएका प्रभासको यस्तो मागले सबैलाई अचम्ममा परेको छ । फिल्म ‘आदिपुरुष’ बन्ने घोषणा पछि त्यसबारे कुनैपनि जानकारी बाहिरिएको थिएन् । फिल्ममा सेफ अली नकारात्मक भूमिकामा रहेका छन् भने कृति सीताको भूमिकामा देखिने छिन् ।
प्रतिक्रिया दिनुहोस्