काेराेनाले राेकिएकाे इंग्ल्याण्डसँगकाे पाँचाैं टेस्ट खेल्दै भारत « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


काेराेनाले राेकिएकाे इंग्ल्याण्डसँगकाे पाँचाैं टेस्ट खेल्दै भारत

तीन–तीन ओडिआई र टी–२० पनि हुने

169
Shares

काठमाडौं । भारतीय क्रिकेट टोलीले इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट, तीन ओडिआई र तीन टी–२० आई सिरिज खेल्दैछ ।

त्यसको लागि भारतीय क्रिकेट टोली इंग्ल्यान्ड पुगेको छ । गतवर्ष भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण स्थगित भएको थियो । उक्त खेल १ जुलाईदेखि बर्मिङ्गममा सुरु हुनेछ ।

त्यसअघि भारतले इंग्ल्यान्डको चर्चित क्लब टोली लेस्टरशायरसँग चार दिनको अभ्यास खेल खेल्नेछ । भारत र लेस्टरशायरबीचको चार दिनको अभ्यास खेल बिहीबारदेखि सुरु हुँदैछ ।

भारतविरुद्ध नै तीव्र गतिका बलर जस्प्रित बुमराह, ऋषभ पन्त, चेतेश्वर पुजारा र प्रसिद्ध कृष्णा लेस्टरशायरबाट खेल्दैछन् । भारतको रोहित शर्मा र लेस्टरशायरको शमुएल इभान्सले नेतृत्व सम्हाल्लेछन् ।

अभ्यास खेल हुँदा भारतविरुद्ध नै प्रमुख चार खेलाडीले खेल्नेछन् । पुजरा टेस्ट विशेष ब्याटरको रूपमा चिनिन्छन् । बुमराह र पन्त भारतका प्रमुख खेलाडी हुन् ।