१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


फ्रान्सले अष्ट्रेलियालाई हरायो


0
Shares

काठमाडौं, असार २ । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ ।

रुसमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोइन ग्रीजमन र पउल पोग्बाले १–१ गोल गरे ।

ग्रीजमनले खेलको ५८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए भने पोग्बाले ८१औं मिनेटमा अर्को गोल थपे ।

यस्तै, अष्ट्रेलियाका मिले जेडिनकले खेलको ६२औं मिनेटमा पेनाल्टीमार्फत् नै गोल गरेका थिए ।