मेलम्चीमा सेनाले गर्‍यो बाढी र पहिरोको कृत्रिम अभ्यास « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


मेलम्चीमा सेनाले गर्‍यो बाढी र पहिरोको कृत्रिम अभ्यास


143
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककोे मेलम्चीे नदी किनारमा बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ ।

बुधबार कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास गरेको हो ।

बाढी र पहिरोका बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो ।

उद्धार सामाग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्ष पनि बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको कालिजंग गणको गणपति मिलन थापाले बताउनुभयो ।

कार्यक्रममा उद्धार सामग्रीहरुको प्रर्दशनी गरिएको थियो ।

अभ्यास कार्यक्रम पछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता कार्यक्रमले विपद्का बेला कसरी काम गर्ने र जनशक्ति कसरी परिचालन गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।

उहाँले यस्ताखाले तालिम स्थानिय र जनप्रतिनिधिलाई समेत आवश्यक पर्ने बताउनुभएको थियो ।