Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


विक्रमको कमाई ४ सय करोड नजिक


3.4k
Shares

एजेन्सी । चर्चित दक्षिण भारतीय अभिनेता कमल हसनको नयाँ फिल्म ‘विक्रम’ ले दर्शकको मन जितेको छ ।

लोकेश कनागराजले निर्देशित गरेको यो फिल्मले विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरिसकेको छ भने अझै व्यापार गर्ने आंकलन गरिएको छ । विस्तारै यो फिल्मले ४०० करोडको व्यापार गर्न तर्फ अघि बढिरहेको छ ।

मे २९ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा अझै राम्रो कमाई गरिरहेको छ । बक्स अफिसमा धेरै भन्दा धेरै कमाई गरेको यो फिल्मले नयाँ रेकर्ड बनाउन लागेको छ । फिल्ममा विजय सेतुपति, फहद फासिलको मुख्य भूमिका रहेको छ ।

गत साताको अन्त्यसम्म यो फिल्म तमिलनाडुमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । बढि व्यापार गर्ने फिल्म एसएस राजामौलीको बाहुबली २ द कन्क्लुजनलाई पछाडि पार्दै यो फिल्म अझै अघि बढ्दै छ ।

कमलले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको व्यानरमा निर्माण गरेका हुन् ।यो कमल हसनको करियरको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म हो ।कमल हसनले फिल्ममा १० मिनेटको क्यामियो रोलमा अभिनेता सुर्यलाई देखाइएको छ । साथै फिल्म विक्रमलाई हिन्दी, तेलुगु र मलायालम भाषामा डब गरी रिलिज गरिएको छ ।