अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको फराकिलो जित « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको फराकिलो जित


442
Shares

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले नेदरल्यान्ड्समाथि फराकिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले पराजित गरेकाे हो । जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता बनाएको छ । इंग्ल्यान्डले दिएको ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनाएकाे हाे । नेदरल्यान्ड्सका लागि स्कट एड्वार्ड्सले अविजित ७२ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । इंग्ल्यान्डका मोइन अलीले ३ तथा डाभिड विलि, रिस टोप्ले र साम करणले २-२ विकेट लिएका छन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको कीर्तिमानी योगफल बनाएको छ। इंग्ल्यान्डले आफ्नै नामको कीर्तिमान भङ्ग गरेको हो । इंग्ल्यान्डले यस अघि २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४ सय ८१ रनको कीर्तिमान बनाएको छ । इंग्ल्यान्डका लागि तीन खेलाडीले शतक बनाएका हुन् । जोस बट्लरले अविजित रहदै १ सय ६२ रनको शतकीय इनिङ खेलेका हुन् । त्यस्तै डाविड मालनले १ सय २५ तथा फिल साल्टले १ सय २२ रनको शतकीय इनिङ खेलेका छन् ।

नेदरल्यान्ड्सका पिटर सिलारले २ विकेट लिएका छन् ।