Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


पशुपतिमा योग शिविर कार्यक्रम सम्पन्न


91
Shares

काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, भारतीय राजदूतावासको डेपुटी चिफ अफ मिसन नामग्या सी खम्पा, कोषका कोषाध्यक्ष नारायण सुवेदी, पतञ्जली योग पिठ नेपालका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

साेही कार्यक्रममा बोल्दै पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावलले शरीर स्वास्थ्य राख्नको लागि योगको साधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताउनुभएकाे हाे। उहाँले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शरीर स्वास्थ्य राख्नको लागि योगको साधन गर्न आवश्यक छ । हाम्रो जीवनमा यसले धेरै ठूलो महत्व राखेको छ । यदि हामीले प्रत्येक दिन योग गर्ने हो भने शरीर स्वस्थ बनाउन सक्छौँ । तन, मन र आत्मालाई सन्तुलित बनाउने काम योगले गर्दछ । कोही मानिस योग गर्छ भने उसको जीवनमा योगले सकारात्मक प्रभाव पार्दछ । योग गर्दा शरीर लचिलो बन्ने मात्रै होइन, साथै मन र मस्तिष्क स्वस्थ हुन्छ । योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको छ । योगले सबैभन्दा ठूलो औषधिको काम गर्दछ । हाी योग गरेर रक्तचापजस्ता चुनौतीको सामना गर्नसक्छौँ । आजको समयमा तनाव धेरै भइसकेको छ । यस्तोमा योग तनाव कम गर्न सहयोग गर्ने उहाँकाे तर्क छ ।’

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा.विनय सहस्रबुद्धे र पशुपति क्षेत्र विकास कोषको तर्फबाट पशुपति परिसरमा रुद्राक्ष र कपुरको वृक्षारोपण समेत गरिएको छ ।