हंगेरीसँग इंग्ल्याण्डको लज्जास्पद हार « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


हंगेरीसँग इंग्ल्याण्डको लज्जास्पद हार


325
Shares

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा हंगेरीले इंग्ल्यान्डलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा हंगेरीले इंग्ल्यान्डलाई ४–० ले पराजित गरेको हो ।

हंगरीको लागि रोल्याण्ड सलाईले दुई गोल गर्दा जिसोल्ट नेगी र ड्यानियल गाज्दागले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा रोलान्ड सल्लाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा रोलान्डले व्यक्तिगत दोस्रो गोल गर्दै हंगेरीलाई दोब्बर अग्रता दिलाए । ८० औं मिनेटमा नागीले गोल गर्दै हंगेरीलाई ३–० को अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा डानिल गाज्दागले गोल गर्दै हंगेरीलाई ४–० को जित दिलाए ।

खेलको ८२ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

यहि समुहको अर्को खेलमा जर्मनीले इटालीलाई ५–२ ले हराएको छ ।

जर्मनीमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन टिमो वेर्नरले दुई गोल गर्दा जोसुवा किमिच, थोमस मुलर र इक गुन्डोगानले एक एक गोल गरे । इटालीका विल्फ्रेड जिनोन्तो र अलेसान्द्रो बास्तोनीले एक एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै घरेलु टोली जर्मनीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा गुण्डोगानले गोल गर्दै जर्मनीलाई दोब्बर अग्रता दिलाए । ५१ औं मिनेटमा मुलरले गोल गर्दै जर्मनीलाई तेब्बर अग्रता दिलाए । ६८ औं मिनेटमा वेर्नेरले गोल गर्दै जर्मनीलाई ४–० को अग्रता दिलाए ।

वेर्नेरले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीको अग्रता ५–० को बन्यो । ७८ औं मिनेटमा जिनोन्टोले गोल गर्दै इटालीलाई ५–१ को स्थितिमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एलेसान्द्रोले गोल गरेपनि इटाली ५–२ ले पराजित भयो ।

नेसन्स लिग फुटबलकै अर्को खेलमा नेदरल्याण्ड्सले वेल्सलाई ३–२ ले हराउँदा बेल्जियमले पोल्याण्डमाथि १–० को जित निकाल्यो ।