१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


गायिकाद्वय अनुजा र रुक्सनाको आवाज रहेको ‘छोरी’ गीत सार्वजनिक


663
Shares

काठमाडौं । गायिकाद्वय अनुजा कडरिया र रुक्सना लिम्बुको आवाज रहेको ‘छोरी’ गीत सार्वजनिक भएको छ ।

शिव पलाँसको शब्द रमेश कडरियाको संगीत रहेको ‘छोरी’ गीत कडरिया इन्टरटेन्मेन्ट प्रा.लि. मार्फत कडरिया इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

छोरीलाई सही संस्कार, समान अवसर र हौसला दिएर सक्षम बनाउन सकिन्छ । छोरी सक्षम हुनुले लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीतमा भ्वाइस अफ किड्सका फाइनल प्रतिस्पर्धी अनुजा र रुक्सनाका साथै र्‍यापर क्यानोपसको पनि आवाज रहेको छ ।

यो गीतको भिडियोमा कार्टुन क्रु जुनियरको डान्स, आश्मा विश्वकर्मा, रमेश कडरिया, युनिका कडरियाका साथै गायिकाद्वय अनुजा र रुक्सनाको अभिनय देख्न पाइन्छ ।

सरोज अधिकारीको भिडियो निर्देशनमा निमबाबु तामाङले गीतमाथि कोरियोग्राफी गरेका छन् । रमेश कडरियाले यसभन्दा पहिला पनि महिला हिंसा बिरुद्धको सचेतनामुलक गीत कठोर ल्याईसकेका छन् ।

भिडियो :