युक्रेन र रुसबीचकाे युद्धमा दैनिक २ सय सैनिककाे मृत्यु, दैनिक ५ सय घाइते « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


युक्रेन र रुसबीचकाे युद्धमा दैनिक २ सय सैनिककाे मृत्यु, दैनिक ५ सय घाइते


1.417k
Shares

काठमाडौं । युक्रेन र रुसबीच भएकाे युद्धमा अग्रपंतिमा रहेका सैनिककाे दैनिक करिब २ सय जनाकाे मृत्यु हुने गरेकाे युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।

उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै क्षति हुनुको मुख्य कारण रुसको तुलनामा युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएकाे पनि उहाँको तर्क छ ।

डोन्बासमाथि पूरै नियन्त्रण गर्ने प्रयासमा रहेको रुसी फौजले त्यहाँ निरन्तर बमबारी गरिरहेको जानकारी पनि उहाँले बताउनुभएकाे छ । रुसी फौजले परमाणु अस्त्र प्रयोग गर्नु बाहेक अरू सबै प्रकारको हमला गरिरहेको उहाँले बताउनुभएकाे छ ।

साथै युक्रेनले पश्चिमी देशहरूलाई थप अस्त्र दिन ताकेता गरेको समेत युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।